हिमालयन बैंकको एफपीओ बुधबारबाट निष्काशन खुला

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गते बुधबारदेखि साउन ४ गते आइतबारसम्म थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ ।

बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपियाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्काशन गर्न अनुमति पाएको थियो ।

उक्त आईपीओ ९ लाख २५ हजार ३७ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्काशन गर्न लागेको हो ।

एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुने बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार