काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा चमक आएको छ । आइतबार बजार २९ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २,७६०.८८ अंकमा पुगेको छ ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको एकल ग्राहक कर्जा सीमा १५ करोडबाट बढाई २५ करोड रुपैयाँ बनाउने भनेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो।
आज कुल ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज १५८ कम्पनीको सेयरमूल्य बढ्दा ९० कम्पनीको घटेको छ ।
एनआईसी एसिया बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनआईसी एसियाको प्रतिकित्ता ४०५ रुपैयाँमा ३७ करोड १४ लाख ९९ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।