इजरायली बर्बरता बढ्यो : गाजामा औषधिको लाइनमा बसेका आठ बालबालिकासहित १५ जनाको हत्या

काठमाडौँ – गाजामा एउटा मेडिकल प्वाइन्टनजिकै इजरायली हमलामा कम्तीमा १५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये आठ जना बालबालिका र दुई जना महिला छन् ।

अल-अक्सा मार्टिस अस्पतालका अनुसार यो हमला दीर अल-बलाह शहरमा औषधि लिनका लागि लाइनमा बसेका मानिसहरूमाथि गरिएको थियो । अस्पतालले सार्वजनिक गरेको एउटा भिडियोमा केही बालबालिकाका शवहरू र अन्य घाइतेहरूको उपचार भइरहेको देखिन्छ ।

हमलाबारे इजरायली सेनाले छानबिन गरिरहेको जानकारी दिएको छ । बिहीबार गाजाको अन्य ठाउँहरूमा भएका छुट्टाछुट्टै आक्रमणमा थप २६ जनाको मृत्यु भएको छ ।

यसैबीच, कतारमा इजरायल र हमासका प्रतिनिधिमण्डलबीच नयाँ युद्धविराम र बन्धक मुक्तिका लागि वार्ता जारी रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार