सिटिजन्स सदाबहार योजनामा शुक्रबारसम्म आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रकम रु। पचास करोडको एसआईपीसमेत गर्न सकिने प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना गत असार १३ गतेदेखि २७ गते बैंकिङ्ग समय सम्म इकाई बिक्रीका लागि खुला रहेको छ ।

योजनाको इकाई खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई ९अर्थात प्रति इकाई रु। १० को दरले न्यूनतम रकम रु। एक हजार र अधिकतम रकम रु। पाँच करोड सम्म० खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १५।१०५ हुने अनुमान गरिएको छ ।

बैंकले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक ९पोर्टफोलियो म्यानेजर० को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको कम्पनी सचिव रमेश लुईंटेलले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार