डिम्याट खातामा आयो ट्रेड टावरको आईपीओ

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ शेयर लगानीकर्ताहरुको डिम्याट खातामा आएको छ ।

सिडिएससीले आइतबार साँझ शेयर प्राप्त गर्नेहरूका खातामा शेयर हस्तान्तरण गरिसकेको छ । तर उक्त आईपीओ आज साँझसम्म नेप्सेमा भने सूचीकृत भएको छैन ।

उक्त आईपीओ नेप्सेमा सूचीकरण भएको भोलिपल्टदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

उक्त कम्पनीको आईपीओ गत असार १ गते बाँडफाँट भएको थियो । बिक्री प्रबन्धक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार ३ लाख २९ हजार ६ सय ५० जनाले आईपीओ पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार