काठमाडाैँ । एसईई उत्तीर्ण थुप्रै विद्यार्थीको मनमा संभवत अब के पढ्ने ? कहाँ पढ्ने ? जस्ता प्रश्नहरुले द्विविधा उत्पन्न गराएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । एसईईपछि विद्यार्थीहरु अर्को शैक्षिक अध्यायमा प्रवेश गर्दै गर्दा भविष्यबारे चिन्तित हुनु अस्वभाविक हैन ।
यो एक यस्तो प्रवेश विन्दु हो, जसले उनीहरुको सुदूर भविष्यको दिशा र गति पहिल्याउँछ । त्यसैले कक्षा ११ र १२ हरेक विद्यार्थीका लागि महत्वपूर्ण मोड हो । यस मोडमा आइपुगेपछि उनीहरुले बढी नै मिहेनत र तयारी गर्नु जरुरी हुन्छ । वास्तवमा माध्यमिक तहको यो अन्तिम मोड भनेको शैक्षिक खुड्किलो उक्लने आधार शिविर नै हो । यहाँ उनीहरुले गर्ने तयारी, अभ्यासले नै लक्षित चुचुरोमा पुग्ने वा नपुग्ने भन्ने मोटामोटी आधार तय गर्छ । हुन त करिअर वा लक्ष्य भन्ने कुरा निर्दिष्ट हुनैपर्छ भन्ने छैन, समय र परिस्थितिअनुसार एउटा कुरामा असफल भएपनि सँगसँगै धेरै सम्भावनाका बाटोहरु देखा परिरहेका हुन्छन् । तर प्लस टु विद्यार्थीले मेहनत गर्नै पर्ने प्राज्ञिक तह हो ।
माध्यमिक शिक्षाकै रुपमा परिभाषित गरिएपनि कक्षा ११ मा प्रवेश गर्दै गर्दा उच्च शिक्षाको आधार यहीँबाट तय हुने भएकाले यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । अर्थात् भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने रु कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको धरातल निर्माण गर्ने चरण हो, कक्षा ११ र १२ ।
कक्षा ११ र १२ मा विद्यार्थीले रोज्ने कलेज, छनौट गर्ने विषय, तयारी, मिहेनत आदिले उनीहरुको भविष्य निर्धारण गर्न सक्छ । घरको संरचना कस्तो वा कति अग्लो बनाउने ? यसको निर्धारण त्यसको जगले गर्छ । जग बलियो भए घर बलियो हुन्छ । कक्षा ११ र १२ करियरको जग हो, जहाँबाट विद्यार्थीले आफ्नो शैक्षिक संरचना ठड्याउन सक्छन् ।
सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ ।
प्रविणता प्रमाणपत्र तह अर्थात् पीसीएललाई विस्थापित गर्दै स्थापित भएको तत्कालिन ‘प्लस टु ’ अर्थात् कक्षा ११ र १२ मा प्रवेश गर्न एसईई पार गर्नैपर्छ । त्यसो त कक्षा ११ र १२ लाई माध्यमिक तहकै शिक्षा अन्तर्गत समेटिएको छ । तर, एसईईको ‘फलामे ढोका’ नखोलेसम्म यो चरणमा उक्लन संभव छैन । एसईई पार गरेपछि विद्यार्थीले निश्चित विषयमा आफ्नो दक्षता हासिल गर्नका लागि कक्षा ११ र १२ ले केही विकल्प दिन्छ । त्यसअनुरुप विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षाशास्त्र लगायतका संकायअन्तर्गत करिब २०० विषयका पाठ्यक्रममा पठनपाठन हुने गरेको छ ।
यसरी करियर निर्माणको प्रवेश विन्दु भएकाले कक्षा ११ र १२ कहाँ पढ्ने, कुन कलेज रोज्ने, कुन संकाय छनौट गर्ने भन्ने कुरामा केही द्विविधा विद्यार्थी र अभिभावक दुवैमा हुनेगर्छ । एसईई उत्तीर्ण भएर पनि विद्यार्थी यो समयमा झन् बढि पिरोलिएका हुन्छन् । मुलुकभर थुप्रै विद्यालय छन् । ती सबैमा एकरुपता छैन । चाहे सेवा सुविधाको हिसाबले होस् वा पठन पद्दतीको । चाहे नतिजाको हिसाबले होस् वा उपलब्ध शैक्षिक स्रोतका हिसाबले । यस्तो पृष्ठभूमीमा आफ्नो लागि अनुकुल विद्यालय छनौट गर्न पक्कै पनि विवेकसम्मत निर्णय जरुरी हुन्छ । पछिल्लो समयमा निजी मात्र होइन, सामुदायिक विद्यालयहरुले समेत उत्कृष्ट शैक्षिक वातावरणमा शिक्षा दिलाउन थालिसकेकाले पैसा खर्च गर्दा मात्र राम्रो शिक्षा पाइन्छ भन्ने भ्रमबाट विद्यार्थीहरु मुक्त हुन जरुरी छ ।
एसईई पार गरेपछि विद्यार्थीले निश्चित विषयमा आफ्नो दक्षता हासिल गर्नका लागि कक्षा ११ र १२ ले केही विकल्प दिन्छ ।
कक्षा १० सम्मको एकप्रकारको पठन शैली र अध्यापनको तरिकाभन्दा फरक हुने भएकाले पनि कक्षा ११ लाई अध्यापन र भविष्यको प्रवेशद्वारको रुपमा लिइएको छ । यहाँ विद्यार्थीको मेहनत र शिक्षकवर्गको अनुभवको संगम आवश्यक पर्छ । जुन संकाय वा विषय वा जुनसुकै शैक्षिक संस्था छनौट गरे पनि विद्यार्थीले लगनशिल भएर मेहनत गर्दा उसले आफ्नो लक्ष्य हासिल गर्ने पक्का छ । पछिल्लो समयमा आफू अध्ययन गरेकै विद्यालयबाट पनि कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने ट्रेन्ड सुरु भएको छ । यो पनि सकारात्मक पक्ष नै हो ।
निजी तथा सामुदायिक शैक्षिक संस्थाले अहिले आफ्नो अध्यापनमा अत्याधुनिक प्रविधिको माध्यम अपनाएका छन् । खासगरी क्षमतावान् फ्याकल्टी भएको शैक्षिक संस्था रोज्दा विद्यार्थीको शैक्षिक प्रगतिको सम्भावना बलियो हुन्छ । एसईईपछिको अध्ययनका लागि उपयुक्त शिक्षण संस्थाको खोजीमा रहेका विद्यार्थी र अभिभावकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यहाँ केही शैक्षिक संस्था र उनीहरुले समेटेका कार्यक्रमबारे जानकारी दिने प्रयास गरेका छौं । हामीले यहाँ समेटेका प्लस टुहरु उत्कृष्ट पक्कै हुन् तर यी मात्रै उत्कृष्ट हुन् भनेर ठोकुवा भने गर्दैनौँ । यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ ।
छनौटको आधार
राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा विगतमा हासिल गरेको शैक्षिक नतिजा, नेपाल सरकार शिक्षा मन्त्रालयले गरेको पुरस्कारको आधार, विद्यार्थीको छनोट, शैक्षिक संस्थाले पूर्वाधारमा गरेको लगानी, पछिल्ला केही वर्षयता हामीले नजिकबाट गरेको अध्ययन र अनुसन्धान, राम्रो विद्यालय बन्न शिक्षण संस्थाले गरेको मेहनत, शिक्षण संस्थाबाट उत्पादित विद्यार्थीको शैक्षिक ‘प्लेसमेन्ट’ अध्ययन पूरा गरेका र अध्ययनरत विद्यार्थीको अनुभव, डिजिटल प्लेटफर्ममा कलेजको उपस्थिति लगायत मापदण्डलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनोटको आधार बनाएका छौं ।यहाँ उल्लेख भएका शैक्षिक संस्था विद्यार्थीका लागि सही शैक्षिक गन्तव्य सिद्ध हुनेमा भने ढुक्क रहन सकिन्छ ।
प्रमुख मापदण्डको रुपमा लामो समयदेखि शैक्षिक गुणस्तरमा सम्झौता नगरी संचालनमा आएका विद्यालयहरुलाई प्राथमिकता दिइएको छ । उत्कृष्ट शिक्षालयको रुपमा धेरै विद्यार्थीको रोजाइमा परेका विद्यालय÷कलेज यसमा समेटिएका छन् । पास आउट विद्यार्थीको पर्फमेन्स पनि एउटा आधार हो भने राष्ट्रिय परीक्षा बोर्डले ‘रिकग्नाइज’ गरेका शिक्षण संस्था पनि समेटिएका छन् । धेरै भन्दा धेरै विद्यार्थीमा ३ दशमलव २ जीपीएभन्दा बढी र ४ जीपीए हासिल गराउने शैक्षिक संस्थाहरु टप ट्वेन्टी र्याङ्किङ मापदण्डको अर्को आधार हो । पछिल्लो समयमा भौतिक संरचनामा वृहत लगानी गर्दै आएका शैक्षिक संस्थालाई पनि उत्कृष्ट २० को सूचीमा प्राथमिकता दिइएको छ ।
कतिपय अब्बल शिक्षण संस्था यस छनौट प्रकृयामा सहभागी हुन अनिच्छुक देखिएकाले उत्कृष्ट २० को सूचीमा समेटिएको छैन । कम विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि समाविष्ट छैनन् । यस्तै, विभिन्न वर्षका शैक्षिक परिणाममा ठूलो अन्तर देखिएका अर्थात् उतारचढावपूर्ण नतिजा देखिएका शैक्षिक संस्था पनि यसमा समावेश छैनन् । हामीले यहाँ प्रस्तुत गरेका राम्रा ‘प्लस टु’ माथि आफैं अध्ययन गरेर आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुराको यकिन अभिभावक र विद्यार्थीले आफैं गर्न सक्छन् ।
कक्षा ११ र १२ अध्ययनका लागि हामीले काठमाडौंसहित देशभरका विद्यालयरकलेजलाई समेट्ने प्रयास गरेका छौं । राम्रो व्यवस्थापन, उत्कृष्ट फ्याकल्टी, अनुभवी प्राध्यापक, पूर्वाधारमा लगानी, समय र परिवेश सुहाउँदो पाठ्य सामग्रीले गर्दा यी शिक्षण संस्था अब्बल हुन भन्नेमा विश्वस्त हुन सकिन्छ । यिनै विषयलाई हामीले उत्कृष्ट शैक्षिक संस्था छनौटको आधार बनाएका छौं । यसरी करिब ३ दर्जन विद्यालयरकलेज संचालन गर्ने शैक्षिक संस्थालाई यो सामग्रीमा समेटिएको छ । उत्कृष्ट तर उस्तै–उस्तै शैक्षिक परिणाम रहेका धेरै शैक्षिक संस्थालाई समेट्ने क्रममा कतिपय शैक्षिक संस्थालाई एउटै नम्बरमा समेटेर लैजानुपरेको छ ।
उत्कृष्टको सूचीमा एकल कार्यक्रम कक्षा ११ र १२ मा मात्र केन्द्रित रहँदै ‘एकल कार्यक्रम एकल व्यवस्थापन’ अन्तर्गत उत्कृष्ट शैक्षिक अध्यापन विधि अंगालेको प्रसादी एकेडेमी ललितपुर नम्बर एक स्थानमा छ । यस्तै, प्लस टु शिक्षामा उदाहरणीय छवि बनाएको माइतीघरमा अवस्थित सेन्ट जेभियर्स दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा आफ्नो शैक्षिक यात्रालाई अब्बल तुल्याउँदै काठमाडौं मोडल ९केएमसी० बागबजाररबालकुमारी परेका छन् । ट्रिनिटी इन्टरनेसनल कलेज पनि तेस्रो स्थानमै छ । चौथो स्थानमा ललितपुरको पिनाकल एकेडेमीसँगै व्यवस्थापन संकायमा अब्बल कलेज एनसीसीएस पकनाजोल पनि सँगै छ । पाँचौ स्थानमा शैक्षिक परिणाममा आफूलाई अब्बल सावित गर्दै आएका युनाइटेड एकेडेमी, ग्लोबल कलेज अफ म्यानेजमेन्ट र रिलायन्स इन्टरनेशनल रहेका छन् ।
प्लस टु, एक यस्तो प्रवेश विन्दु हो, जसले उनीहरुको सुदूर भविष्यको दिशा र गति पहिल्याउँछ ।
छैटौं स्थानमा धेरै विद्यार्थी र उत्कृष्ट शैक्षिक पुर्वाधारसहित परिणाममा पनि प्रमाणित गर्दै मुनलाइट बोर्डिङ, जेभियर इन्टरनेशनल र काठमाडौं बर्नहार्ट आउन सफल भए । सातौंमा, विश्व निकेतन, जेभियर एकेडेमी कायम रहे । आठौं स्थानमा उपत्यकाबाहिर अर्थात मोफसलका शैक्षिक संस्थामध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल विराटनगरको अरनिको मावि, पोखराको मदरल्याण्डले लिए । नवौं स्थानमा ओमेगा इन्टरनेशनल, किस्ट तथा लिभरपुल रहँदा दशौं स्थानमा निरन्तर उत्कृष्ट शैक्षिक परिणाम हासिल गर्न सफल मनास्लु वर्ल्ड कलेज र लिटल एञ्जल्स छनौट भए ।
उत्कृष्ट प्लस टु प्रदायक शैक्षिक संस्थाको अन्य सूचीमा टेक्सास इन्टरनेसनल मावि, भिएस निकेतन मावि, ट्रिटन इन्टरनेसनल मावि, नेसनल स्कुल अफ साइन्सेज, सेन्ट मेरिज मावि, मोर्गन स्कुल, नेपाल मेगा कलेज, नेपाल काष्ठमाण्डप उमावि, सैनिक महाविद्यालय, समृद्धि स्कुल, नेपाल पुलिस कलेज, आइएसटी कलेज, ब्रिजवाटर इन्टरनेसनल, सिनामंगल, ख्वप स्कुल, भक्तपुर, ज्ञानज्योती मावि दाङलगायत छन् ।
उत्कृष्ट प्लस टु प्रदायक शैक्षिक संस्थाको अन्य सूचीमा
१. प्रसादी एकेडेमी, ललितपुर
२. सेन्ट जेभियर्स, माइतिघर
३. केएमसी, बागबजार
३. केएमसी, बालकुमारी
३. ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार
४. पिनाकल एकेडेमी, ललितपुर
४. एनसीसीएस, पकनाजोल
५.युनाइटेड एकेडेमी, ललितपुर
५. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्यबानेश्वर
५.रिलायन्स इन्टरनेशनल एकेडेमी, चावहिल
६. मुनलाइट बोर्डिङ स्कुल ९मोलिस०, ललितपुर
६. जेभियर इन्टरनेसनल कलेज, कालोपुल
६. काठमाडौं बर्नहार्ट कलेज, बल्खु
७. विश्व निकेतन मावि, त्रिपुरेश्वर
७ .जेभियर एकेडेमी, लाजिम्पाट
८. मदरल्यान्ड मावि, पोखरा
८. अरनिको मावि, बिराटनगर
९.ओमेगा इन्टरनेसनल कलेज, कुमारीपाटी
९.किस्ट कलेज, कमलपोखरी
९. लिभरपुल इन्टरनेसनल कलेज, नयाँ बानेश्वर
१०. मनास्लु वर्ल्ड कलेज, चावहिल
१०. लिटल एञ्जल्स, हात्तिवन
११. टेक्सास इन्टरनेसनल कलेज, चावहिल
११. भिएस निकेतन मावि, तिनकुने
१२. ट्रिटन इन्टरनेसनल स्कुल, बालकुमारी
१२. नेसनल स्कुल अफ साइन्सेज ९निस्ट०, लैनचौर
१३. सेन्ट मेरिज मावि, जावलाखेल
१४. मोर्गन इन्टरनेसनल कलेज, बसुन्धरा
१४. नेपाल मेगा कलेज, बबरमहल
१५. नेपाल काष्ठमण्डप कलेज, कलंकी
१६. सैनिक महाविद्यालय, भक्तपुर
१७. समृद्धि स्कुल, बनस्थली
१७. नेपाल प्रहरी विद्यालय, साँगा
१८. आइएसटी कलेज, ज्ञानेश्वर
१९. ब्रिजवाटर इन्टरनेसनल कलेज, सिनामंगल
२०. ख्वपः कलेज, भक्तपुर
२०. ज्ञानज्योती मावि, दाङ