काठमाण्डौ । यस साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ५ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ५९५.७४ को विन्दुमा बन्द भएको बजारयो साता २७०४ विन्दुमा बन्द भया ।
यस हिसाबले यो साता नेप्से परिसूचक १०८.२६ अंकले बढ्यो । अघिल्लो साता भने बजार ३३.१७ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा ३९ अर्ब ९३ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता बजारमा ३५ अर्ब १० करोडको सेयर कारोबार भएको थियो ।
यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैैमा बढोत्तरी आयो । यो साता बजार बढ्दा बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब रह्यो । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४३ खर्ब २४ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पति १ खर्ब ८१ अर्बले बढेको देखिन्छ ।