सेयर धितो राखेर लगानीकर्ताहरुले बैंकबाट एक खर्बभन्दा बढी कर्जा लिए

काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्बभन्दा बढी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्म लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ बराबरको लोन लिएका हुन् ।

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४६.०३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैक वित्तीय संस्थाबाट ८५ अर्ब ९५ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो ।

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार