नेप्से परिसूचक आज बिहीबार ९.०८ अंकले घट्याे, साढे १२ अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज बिहीबार  ९.०८ अंकले घटेको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६५५.३८ विन्दुमा बन्द भएको छ । कारोबार रकम बढेको छ । १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार ९जेठ २८० नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

यस दिन कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

९९ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ । पियोर इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य ६.७८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार