काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।
यो आईपीओमा आवेदन दिने आज अन्तिम दिन भएता पनि आइतबार भोटो देखाउने जात्राको सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो । कम्पनीले कुल ३२ लाख ९६ हजार ५०५.१९ सय कित्ता आईपीओ जारी गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु।१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९।३० कित्ता कित्ता सेयर नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि गत वैशाख ८ गतेदेखि २२ गतेसम्म निष्कासन गरिएको थियो ।