तपाईंको व्यवसाय कस्तो रहला आज ? (आर्थिक राशिफल)

sunday

🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कार्यक्षेत्रमा नयाँ कार्य गर्ने अवसर मिल्नेछ। कानुन व न्याय व्यवस्थाको पालन गर्दै कार्य गर्नुहोस्। विद्यार्थी वर्गहरूले आफ्नो लक्ष्यलाई प्राथमिकता दिनुहोस्। पारिवारिक वा सामाजिक सन्दर्भमा सानो गल्तीमा पनि प्रश्न चिन्ह लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

🐂 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार गर्नेलाई दिन राम्रो छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। नयाँ कार्य सिद्धीमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। विलासी कार्यमा रुचि नलिनु उत्तम हुनेछ।

👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ। जीवन साथीसँग रमाइलो समय व्यतीत हुनेछ। नयाँ अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। समयमा कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यमा सहभागी हुने वा नयाँ योजनाहरूमा कार्य गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीसँग विवादको सम्भावना छ, सावधान रहनुहोला। भावनात्मक रूपमा आजको दिन प्रतिकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहयोगीहरूले सहयोग दिनेछन्। कडा मेहनतले लक्ष तर्फ बढ्न सक्नुहुनेछ साथै दिगो योजना बनाउन सकिनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा प्रगति मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

👧 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

तारिफ योग्य कार्यले कार्यक्षेत्रमा हजुरका प्रशंसकहरू बढ्नेछन्। स्वास्थ्यको लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोस्। कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कमजोर नतिजा सच्याउन कार्य दोहोर्याउनु पर्ने देखिन्छ। प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पराक्रमद्वारा अधिकार स्थापित गर्न सक्नुहुनेछ। निजी कार्यमा व्यस्तता बढ्नेछ। व्यवसायमा थप लगानी लगाउनु पर्ला। अनावश्यक खर्चले मन चिन्तित रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

🏹 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आध्यात्मिक चेतना वा धर्मकर्ममा प्रवृत्ति भइनेछ। कार्यको यशले प्रतिष्ठा बढ्नेछ। आकर्षक उपहार र रमाइलो यात्राका योग छन्। तार्किक क्षमताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

🐊 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

नोकरी वा पेशामा सहयोगीहरूको सहयोग मिल्नेछ साथै व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। भविष्यको लागि योजना कोरिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नो अनुकूल समय हुँदा मन उत्साहित हुनेछ। आर्थिक दृष्टिकोणले दिन लाभदायी रहनेछ। आफ्नो भित्र लुकेको कलालाई उजागर गर्ने समय रहेको छ। साहित्यको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सम्बन्धमा केही उतारचढाव आउन सक्ला, धैर्य धारण गर्नुहोला। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। स्वास्थ्यलाई प्राथमिकता दिनुहोस् साथै नियमित व्यायाम गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार