नेपाल टेलिकमको मुनाफा झण्डै ४९ प्रतिशतले घट्यो

काठमाडाैँ  । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्तसम्म) को नेपाल टेलिकमले अधिक परीक्षण नगरिएको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद मुनाफा गत वर्षको तुलनामा झण्डै ४९ प्रतिशतले घटेको देखिएको छ।

टेलिकमले चालु त्रैमासिकसम्म रु २ अर्ब ८४ करोड २२ लाख खुद मुनाफा कमाएको छ। गत आवको सोही अवधिमा यो मुनाफा रु ५ अर्ब ५३ करोड ७५ लाख थियो। यो आधारमा रु २ अर्ब ६९ करोड ५२ लाख अर्थात् ४८.६७ प्रतिशतले मुनाफा घटेको हो। त्यस्तै, कम्पनीको वार्षिक आधारमा प्रति सेयर आम्दानी रु २१.०५ कायम भएको छ।

नेपाल टेलिकमको कुल सञ्चालन आय गत आवको सोही अवधिको रु २५ अर्ब ४८ करोड बाट घटेर रु २५ अर्ब ३१ करोड मा झरेको छ, जुन ०.६४ प्रतिशतले घटेको हो। कुल आयको कुरा गर्दा भने यस त्रैमासिकसम्म रु २८ अर्ब ४३ करोड मात्रै आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा ८.८९ प्रतिशतले कम हो।

प्रतिक्रिया
सम्बन्धित समाचार