काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेका सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाएको हो ।
सेवाबाट हटाइएकामध्ये छ जना कार्यालयमा अनुपस्थित रहेको र एक जना स्वीकृतिबिना बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन् ।
कार्यालयमा हाजिर नभएको कसुरमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको हो ।
