यस्तो छ आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ४९ पैसा र बिक्रीदर १५१ रुपियाँ ०६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ४३ पैसा र बिक्रीदर १६७ रुपियाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपियाँ १६ पैसा र बिक्रीदर १९९ रुपियाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपियाँ ७९ पैसा र बिक्रीदर १८० रुपियाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ २७ पैसा र बिक्रीदर १०२ रुपियाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ५४ पैसा र बिक्रीदर १०५ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ९२ पैसा र बिक्रीदर ११७ रुपियाँ ३९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४१ पैसा र बिक्रीदर नौ रुपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ १० पैसा र बिक्रीदर ४० रुपियाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ २९ पैसा र बिक्रीदर ४१ रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४५ पैसा र बिक्रीदर चार रुपियाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ९८ पैसा र बिक्रीदर ४१ रुपियाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २६ पैसा र बिक्रीदर ११ रुपियाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०१ पैसा र बिक्रीदर १५ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २६ पैसा र बिक्रीदर २२ रुपियाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ १८ पैसा र बिक्रीदर १९ रुपियाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपियाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपियाँ ०२ पैसा बिक्रीदर ४०० रुपियाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपियाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपियाँ ४३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार