काठमाडौं । शेयर बजार घटेर बन्द भएको छ । तिहार पर्वको बिदा पछि आज पहिलो दिन बजार खुलेको हो । आज कारोबार रकम पनि तीन अर्बमा सीमित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.३२ अंकले घटेको हो । ०.२४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४८.७७ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि विकास बैंक, होटल, हाइड्रो र निर्जीवन बीमा समूह बढेका छन् । बाँकी अरु राताम्मे भए ।
आज ३३५ कम्पनीका ७८ लाख ४४ हजार २ सय ६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७ सय २५.०६ रुपियाँ बराबरको कारोबार भएको छ ।