काठमाडौँ । महिलासँगको अनुचित सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक जायन्ट एनभिडियाका सीईओ जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन् ।
एकपछि अर्को विवादका कारण कम्पनीको सेयरमा भारी गिरावट आउन थालेपछि दबाबमा परेका हुआङले राजीनामा दिएका हुन् । उनको राजीनामाको घोषणा एनभिडियाको सञ्चालक समितिले गरेको छ ।
उनको राजीनामापछि एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेसले अर्को व्यवस्था नभएसम्म काम गर्नेछिन् । उनी यसअघि नै कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत का रूपमा कार्यरत थिइन् ।
सञ्चालक समितिका हार्भे जोन्सले विज्ञप्तिमा भनेका छन्– ‘कोलेटले एनभिडियालाई असाधारण वृद्धिको चरणमा नेतृत्व गर्न सहयोग गरेकी छन्। उनलाई हाम्रो व्यवसाय, ग्राहक, सञ्चालन तथा वित्तीय अवस्थाबारे गहिरो ज्ञान छ ।’
दुई महिलासँग अनुचित सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि जेन्सेन हुआङको पद संकटमा परेको थियो । तीमध्ये एक महिला चिनियाँ जासुस हुन सक्ने दाबी गरिएको थियो । ताइवानमा जन्मिएका ६३ वर्षीय जेन्सेन हुआङ सन् १९९३ मा अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सह संस्थापक हुन् ।
उनले कम्पनीको नेतृत्व गर्दै एनभिडियालाई खर्बौं डलरको कम्पनी बनाउन सफल भएका थिए । तर आफै विवादमा पर्दै हुआङ कम्पनी छोड्न बाध्य भएका हुन् । यो कम्पनीले अत्याधुनिक कम्प्युटर चिप उत्पादन गर्नेगर्छ ।