अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सुखद बिदाइ 

काठमाडौं । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोनल मेसीको सुखद बिदाइ गरेको छ ।

बुधबार ब्युनस आयर्सस्थित मास मोन्युमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन निकोलस आटामेन्डी, निको पाज र मेसीले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा ओटामेन्डीको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो ।

पाजले ६१औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । १० मिनेटपछि मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए । अन्तर्राष्ट्रिय फुटबलमा यो मेसीको १२६औँ गोल हो ।

मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेको एक महिनाभन्दा बढी भइसकेको छ । अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा बिदाइ खेल आयोजना गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार