पहेलो र सेतो धातुको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ६०० र चाँदीको मूल्य १५० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७७५ रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६२५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार