काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई दिएको अभिमुखीकरण कार्यक्रममा पार्टी वरिष्ठ नेता रवि लामिछानेको उपस्थितिलाई लिएर अन्योल कायम रहेको छ । मंगलबारदेखि सुरु भएको अभिमुखीकरणमा आज पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने भनिए पनि उनी जाने सम्भावना कम रहेको उनी निकट स्रोतले जनाएको छ ।
ती स्रोतका अनुसार अहिले शाह नयाँ सरकार गठनको तीव्र तयारीमा छन् । उनी जनताले चाहेअनुसारको डेलिभरी दिनका लागि योजना बनाउन व्यस्त रहेकाले उनी सहभागी हुने सम्भावना न्यून रहेको हो ।
अभिमुखीकरण कार्यक्रमको कार्यसूचीमा पनि बालेन सहभागी हुने कार्यसूची छैन । यद्यपि, पार्टीले बाहिर कुरा काट्ने अवस्था नआओस् भनेर बालेनलाई पनि कार्यक्रममा उपस्थित गराउने प्रयास भइरहेको छ । सभापति रवि लामिछानेले सम्बोधन गर्ने तय भइसकेको छ ।