काठमाडौं । भक्तपुर–१ मा रास्वापाका उमेदवार रुकेश रञ्जित दोब्बर मतले अघि छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रञ्जितले ६ हजार ६७२ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल झन्डै दोब्बर मतले पछि छन् । उनले ३ हजार ४६३ मत ल्याएका छन् ।
कांग्रेसका किरण न्यौपानले १ हजार १३२ मत ल्याएका छन् । एमालेका सोमप्रसाद मिश्रले ५७६ मत पाएका छन् ।