देशभर ६० प्रतिशत मतदान : निर्वाचन आयोग 

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको जानकारी दिए ।

विस्तृत विवरण संकलन भइरहेको उनले बताए । शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ ।

मतदानका निम्ति बिहीबार (फागुन २१) बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार