दुर्गा प्रसाईं फेरि पक्राउ, आफैँ भन्थे : मलाई प्रहरीले आइतबार पक्राउ गर्छ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले आज बिहान उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो ।

उनलाई किन पक्रिएको भन्ने प्रहरीले खुलाएको छैन । तर पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ । बिहीबार सर्वोच्चले रिहा गर्न आदेश दिएपछि शुक्रबार उनी रिहा भएका थिए ।

रिहा भएलगत्तै प्रसाईं आफैँ आइतबार आफू फेरि पक्राउ पर्ने भन्दै आफूले झोला तयार पारेर राखेको बताएका थिए । उनलाई चुनाव बिथोल्न सक्ने भन्दै प्रहरीले पक्राउ गर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार