यो साता १० हजार २०० ले महँगियो सुन 

काठमाडौं । यो साता सुनको मूल्य १० हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत शुक्रबार (फागुन ८) मा प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको सुन साताको अन्तिम कारोबार दिन (फागुन १५) ३ लाख १४ हजार ९०० मा कारोबार भयो ।

गत आइतबार (फागुन १०) मा सुनको भाउ ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भयो । यस्तै, सोमबार बढेर ३ लाख १३ हजार ५०० पुग्यो । मंगलबार ३ लाख १४ हजार ८००, बुधबार पनि ३ लाख १४ हजार ८००, बिहीबार ३ लाख १५ हजार ४०० र शुक्रबार ३ लाख १४ हजार ९०० मा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार, यो साता चाँदीमा सामान्य उतारचढाव देखिएको छ । यो साता चाँदी समग्रमा ६९० रुपैयाँले बढेको देखिएको छ ।

गत शुक्रबार ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम दिन हिजो (फागुन १५) ५ हजार ७४० रुपैयाँमा कारोबार भयो ।

गत आइतबार चाँदी प्रतितोला ५ हजार ४२५, सोमबार ५ हजार ५९५, मंगलबार ५ हजार ५८५, बुधबार ५ हजार ७१५, बिहीबार ५ हजार ७२५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार