आज एकैदिन ५६ सय तोलाले सुनको भाउ बढ्याे

काठमाडौंं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९फागुन १०० सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ । गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार