इटहरी । आज विहीबार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध ASEZ र ASEZ Star मिलेर हटियाको बजार क्षेत्रमा बृहत् रसफाई कार्यक्रम सम्पन्न गरेको छ। ।
आजको सरसफाई अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा इटहरी वडा नं ९ का अध्यक्ष जितेन्द्र थापाको उपस्तिथि रहेको थियो भने वडा नं ९का वडा सदस्य कपिल घिमिरे पनि उपस्थित हुनुहुन्थ्यो । साथै दक्कली टोल विकास अध्यक्ष बलबहादुर कटुवाल पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
उक्त सरसफाई कार्यक्रममा वडा अध्यक्षले वडाको हाटबजार क्षेत्रलाई मध्यनजर गरेर सरसफाईको लागि उक्त ठाउँ रोजेकोमा धन्यवाद व्यक्त गर्नुभयो। साथै लामो समयदेखि चल्दै आएको उक्त हाट बजारलाई सबैले मिलेर सरसफाई गरी जनचेतना प्रदान गरेकोमा प्रसंसा व्यक्त गर्नुभयो। साथै वातावरण र सरसफाईजस्ता कार्यक्रमले सहरी विकासमा ठूलो प्रेरणा मिल्ने कुरामा पनि जोड दिनुभयो । अध्यक्ष थापाले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।
ASEZ को अर्थ Save the earth from A to Z भन्ने रहेको छ। ASEZ चाहिँ परमेश्वरको मण्डलीका विश्व विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको स्वयंसेवक समूह हो। ASEZ Star चाहिँ middle and high school मा पढिरहेका student हरुको volunteer group हो। हाल 175 देशहरूमा सक्रिय रूपमा स्वयंसेवाको कार्य गर्दै आएको छ।
ASEZ र Asez Star हरुले देश र समाज को जग बनेर विभिन्न स्वयंसेवाका कार्यहरू गर्दै आएको छ। रक्तदान वातावरण सरसफाई वृक्षारोपण वृद्धाश्रममा सहयोग इत्यादी कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ । हाल विश्वको १७५ वटा देशहरूमा 7,800 वटा भन्दा बढी क्षेत्रमा स्वयंसेवाका कार्य गर्दै आएको छ।परमेश्वरको मण्डलीले संयुक्त राज्य अमेरिकाबाट चारवटा राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड ,कोरियाबाट तीनवटा राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक ,पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड र राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता 5,400 भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ। यो मण्डलीले विशेषत पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ र आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर्नु भन्ने ख्रीष्टको शिक्षालाई व्यवहारमा कार्यनयन गरिरहेका छ।











