वीर अस्पतालद्वारा स्वास्थ्य बीमा सेवामा कटौति, दीर्घरोगीले अब एक महिनाको मात्रै औषधि पाउने

काठमाडौँ – वीर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउँदै आएको सेवामा कटौति गरेको छ । यसअघि बीमा कार्यक्रममार्फत दीर्घ रोगका बिरामीलाई उपलब्ध गराउँदै आएको तीन महिनासम्मको औषधिलाई कटौति गर्दै एक महिनामा झारेको छ ।

नयाँ व्यवस्था १ फागुनदेखि नै लागू भएको अस्पतालले जनाएको छ । अस्पतालले सूचना जारी गर्दै भनेको छ, ‘लामो समयसम्म सेवन गर्ने औषधिहरू बीमाबाट तीन महिनाका लागि उपलब्ध गराइरहेकोमा अब त्यस्ता औषधिहरू अर्को व्यवस्था नभएसम्मका लागि एक महिनालाई मात्रै उपलब्ध हुनेछ ।

बीमा बोर्डबाट लामो समयसम्म रकम भुत्तानी नभएपछि अस्पतालले सेवामा केही कटौति गरेको हो । यसअघि त्रिवि शिक्षण अस्पतालले बीमा कार्यक्रममार्फत उपलब्ध हुने सबै सेवा नै बन्द गरिसकेको छ । बीमा बोर्डले अस्पताललाई ४० करोड रुपैयाँभन्दा माथि रकम भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार