आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा एक हजार एकसय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार पाँचसय रुपैयाँ कायम रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मङ्गलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार