काठमाडौं । नेपाली बजारमा मंगलबार (माघ २७ गते) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो । आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।
सोमबार (माघ २६) मा सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य सामान्य घटेको छ ।
अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । तोलामा १० रुपैयाँले घटेको हो ।