पियोर इनर्जीको नाफा २८३.२२% ले बढ्यो

काठमाण्डौ। पियोर इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ। कम्पनीले यस अवधिमा ९२ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८३.२२ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २४ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानीमा सामान्य गिरावट देखिए पनि खर्च व्यवस्थापनमा सुधार हुँदा नाफामा उल्लेख्य उछाल आएको हो।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी ११ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो आवमा यही अवधिमा १२ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको थियो। तर, खर्च पक्षमा कम्पनीले उल्लेख्य नियन्त्रण देखाएको छ। अघिल्लो आवमा ११ करोड ८३ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवमा भने खर्च घटाएर १० करोड ६६ लाख रुपैयाँमा झारेको छ।

कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ४ लाख र कुल चालु दायित्व १३ करोड २१ लाख रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार