काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशलगायत विभिन्न क्षेत्रमा वर्षा भइरहेको हो ।
बिहान गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पूर्णतया बदली भएर वर्षा भइरहेको छ । यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले बताए ।
उनका अनुसार वाग्मती प्रदेशको सिन्धुपाल्चोकका केही स्थानमा पानी पर्न सुरु भएको छ । बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो सुदूरपश्मि र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।