काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सीईओमा डा. बुद्धिकुमार मल्ल नियुक्त भएका छन् ।
सञ्चालक समितिको आइतबार बसेको बैठकले फागुन १ गतेबाट लागू हुने गरी मल्ललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव युजकुमार भैलले जनाएका छन् ।
कम्पनीका सीईओ समाजप्रकाश श्रेष्ठले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने स्वीकृत गर्दै मल्ललाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय भएको हो ।
नव नियुक्त सीइओ डा. मल्लले भारतको सिंघानिया विश्वविद्यालयबाट पीएचडी गरेका हुन् । उनले साविकको राइजिंग डेभलपमेन्ट बैंक र ओम फाइनान्सको सीइओ तथा ओम डेभलपमेन्ट बैंकको डेपुटी सीइओको रुपमा काम गरेका छन् । त्यस्तै एनएमबि बैंकमा काम गरेको अनुभव पनि मल्लसँग रहेको छ ।