काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।