सुनको मूल्य ह्वात्तै बढ्याे, ताेलामा तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्ने

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार