सुनको भाउ तोलामा ३७ सयले बढ्यो, चाँदीको कति पुग्यो ? 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार (माघ २०) तोलामा ३७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।

सोमबार (माघ १९) प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।

हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार