आज तोलामा साढे १३ हजारले घट्यो सुन, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार  तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार ९माघ १८० सुनको मूल्य तीन लाख रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार