ASEZ द्वारा ‘RCT’ सेमिनार ललितपुर ग्लोबल एकेडेमीमा बृहत् रुपमा सम्पन्न (तस्बीरसहित)

ललितपुर । आज माघ १४ गते बुधबार ललितपुर ग्लोबल एकेडेमी महालक्ष्मी-४ इमाडोलमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ द्वारा RCT क्याम्पेन सेमिनार बृहत् रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यालयका संस्थापक  रमेश प्रसाद कोइराला, प्रधानाध्यापिका चन्द्र कोइराला, संयोजक  गणेश कार्की र प्राध्यापकहरु सहित ५० बढी विद्यार्थीहरु उपस्थिति हुनुभएको थियो।

सेमिनारमा परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ को परिचयात्मक भिडियो हेर्दै ASEZ का सदस्यहरू सुजाता राई र रोहन महर्जनले RCT क्याम्पेन सम्बन्धित प्रस्तुति दिनुभएको थियो । प्रस्तुतिबाट ASEZ ले अपराध न्युनिकरण गरिरहेको अभियानहरुको बारेमा जानकारी गराइएको थियो । प्रस्तुतिबाट प्रभावित हुनुभई संस्थापकले सेमिनार प्रभावकारी भएको बताउनुहुँदै विद्यालयको तर्फबाट ASEZ लाई धन्यवाद व्यक्त गर्नुभयो । उपस्थित विद्यार्थीहरुले पनि कार्यक्रममा सक्रियतापूर्वक सहभागीता जनाउँदै सेमिनारबाट विद्यालयमा हुने अपराधको बारेमा प्रष्ट भएकोले आफू पनि सचेत रहने बताउँदै विद्यालयमा अपराध हुन नदिन ASEZ को Good University Student Project-Reduce Crime Together क्याम्पेेनमा सहभागी हुने प्रतिबद्धताको रुपमा हस्ताक्षर पनि गरे। विद्यालयको तर्फबाट उपस्थित संस्थापक र संयोजकले ASEZ द्वारा मानव खुशीको निम्ति विश्वव्यापी अपराध रोकथाम अभियानलाई समर्थन गर्दै समर्थनयुक्त- हस्ताक्षर पत्रमा हस्ताक्षर पनि गर्नुभयो ।

परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ चाहिँ Save the Earth from A to Z को छोटो रूप हो । ASEZ द्वारा सुरक्षित समाजका लागि Crime Prevention Project, दिगो समाजका लागि Climate Change Response Project, समावेशी समाजका लागि Community Service Project अनि उत्थानशील समाजका लागि Emergency Relief जस्ता यी परियोजनाहरु अन्तर्गत विश्वभरिका १७५ देशहरुमा विश्वविद्यालयहरूमा र समाजमा विभिन्न स्वयंसेवा गतिविधिहरु गरिरहेका छन् । यसरी विश्वभरिका विद्यार्थीहरूको साना कार्यहरू जम्मा भएर अन्त्यमा त्यसले ठूलो परिवर्तन ल्याइरहेको छ । यसरी गरिएको स्वयंसेवा कार्यहरुको सराहना गर्दै यस ASEZ संगठनलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिद्वारा President’s Volunteer Service Award, UNCCD द्वारा Executive Secretary’s Award, The Green Organisation द्वारा The Green World Award, सम्मान र प्रशंसा पत्रहरु सरकार र विभिन्न निकायहरुले प्रदान गरिएको छ ।

यसरी मानव खुशीको निम्ति विश्वव्यापी अपराध रोकथाम अभियानम ललितपुर ग्लोबल स्कूलमा इमाडोल ASEZ का राहुल लम्सालको अध्यक्षतामा सम्पन्न भएको छ साथै उक्त कार्यक्रम ASEZ मेम्बर रेनिशा खातिले सञ्चालन गरेकी थिइन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार