ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन चाहेनन् बालेन, भने – ‘७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न’

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका छन्। बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन्।

देश जलाउने र बनाउने बीच बहस हुनुपर्छ भन्ने ओलीको प्रस्तावमा बालेनले हत्यारा र त्यसको मतियारसँग एउटै मञ्चमा बसे आफू पनि त्यसमा सामेल भएको मानिने भन्दै एउटै मञ्चमा नबस्ने बताउँदै जवाफ फर्काएका हुन्।

आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार