सन्नी देओलले फिल्म ‘जाट’ बाट करिअरकै सबैभन्दा बढी पारिश्रमिक लिए

काठमाडाैैँ । सन्नी देओलले हालै आफ्नो नयाँ फिल्म ‘जाट’ बाट करिअरकै सबैभन्दा बढी पारिश्रमिक लिएका छन् भन्ने समाचार आएको छ। रिपोर्टहरू अनुसार, उनले यस फिल्मका लागि ५० कराेड (भारतीय रुपैयाँ) पारिश्रमिक लिएका छन्, जुन उनको अघिल्ला फिल्महरूभन्दा धेरै हो।

यो निर्णय ‘गदर 2’ को अपार सफलतापछि आएको हो, जसले बक्स अफिसमा राम्रो कमाइ गरेपछि सन्नी देओलको स्टारडम फेरि उचाइमा पुर्‍याएको छ। त्यसैले अब निर्माता-निर्देशकहरूले उनलाई ठूलो पारिश्रमिक दिन तयार भएका छन्।

फिल्म ‘जाट’ बारे धेरै जानकारी हालसम्म सार्वजनिक गरिएको छैन, तर सन्नीको भूमिकालाई लिएर धेरै अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार