काठमाडाैँ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा देशका वाणिज्य बैंकहरुले उल्लेखनीय नाफा आर्जन गरेका छन्। जसमा २० वटा वाणिज्य बैंकहरुले जम्मा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ थियो, जसको तुलनामा यस वर्ष नाफा करिब १ अर्ब १९ करोडले बढेको छ।
नाफाका हिसाबले नबिल बैंक ४ अर्ब ७८ करोड रुपैयाँसहित सबैभन्दा अगाडि रहेको छ। त्यसपछि ग्लोबल आईएमई बैंक ४ अर्ब ७२ करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४ अर्ब ८ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ।