काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज जनकपुरधामबाट चुनाव अभियानको घोषणा गर्दै छ ।
‘परिवर्तन उद्घोषसभा’ नाम दिइएको यही सभाबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पहिलोपटक रास्वपा नेताको रूपमा सार्वजनिक मञ्चमा उभिन लागेका छन् । सभाका लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलगायत नेताहरू आइतबार नै धनुषा आएका थिए ।
काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि मिडियाबाट अलग रहेका र सार्वजनिक कार्यक्रममा कम मात्रै देखिने बालेन अब भने अब भने चुनावको तयारीका लागि सार्वजनिक सभामा उभिन लागेका हुन् ।
बालेन रास्वपा प्रवेश गरेको २३ दिनपछि पहिलोपटक आइतबार पार्टी कार्यालय गएका थिए । त्यसपछि उनी धनुषा आएका हुन् ।
उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको चुनावमा झापा– ५ बाट चुनाव लड्ने तयारीमा छन् । चुनावको मनोनयका लागि भोलि धुनषाबाट झापा जाने कार्यक्रम रहेको बालेननिकट नेताहरूले जानकारी दिएका छन् ।