केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोग पुगे गगन-विश्वप्रकाश

काठमाडौं( गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका छन् । बिहीबार ललितपुरको कुपण्डोलमा बसेको बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछिका निर्णय औपचारिक रूपमा अद्यावधिक गर्न आयोग जाने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार सभापति थापा र उपसभापति शर्मासहितको नवनिर्वाचित टोली केहीबेरअघि निर्वाचन आयोगमा पुगेको हो । ‘विशेष महाधिवेशनपछिको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाने तथा उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्न र समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न आयोग जाने निर्णय भएको छ,’ नवनियुक्त प्रवक्ता देवराज चालिसेले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार