२९ सयले बढ्यो सुनको भाऊ, कतिमा हुँदै छ कारोबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस १८) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा २९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी तोलामा ११० रुपैयाँले बढेको छ । अघिल्लो दिन चार हजार ४१५ प्रतितोला रहेको चाँदीको मूल्य चार हजार ५२५ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार