रास्वपामा रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी : बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन साह र उज्यालो नेपाल पार्टीको एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौँमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन् । विशालकाय एमाले देखेको छ । अनि योसँग पनि मिलौँ भनेको छ, ऊसँग पनि मिलौँ भनेको छ ।’

ओलीले थपे, ‘विशालकाय एमालेसँग भिड्नु छ । अनि लौ न मिलौँ भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ रु मुकाबिना हुन्छ ?’

काँग्रेसप्रति नरम सुनिएका ओलीले भने, ‘एकातिर नेपाली काँग्रेस छ । छेउमा नगएसम्म त मजै छ । छेउमा गएपछि त गाह्रै पार्छ नि नेपाली काँग्रेसले ।’

देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे । ‘प्रधानमन्त्री बनाइसके मान्छेले(घरैमा । हामी चुनाव पर्खिरहेका छौँ । कहिले होला रु फागुन २१ मा होला, अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौँ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार