आज एकैदिन तोलामा ८ हजारले घट्यो सुनको मूल्य 

काठमाडौं । नेपाली बजारमा मंगलबार (पुस १५) सुनको मूल्य ह्वात्तै घटेको छ ।

यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, यस दिन चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार