आयोगले तोक्यो उम्मेदवार खर्च सीमाः सुगममा २५ लाख, दुर्गममा ३३ लाखसम्म

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको अधिकतम खर्च सीमा निर्धारण गरेको छ ।
आयोगले देशका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक सुगमता र दुर्गमताका आधारमा ५ श्रेणीमा वर्गीकरण गरी २५ लाखदेखि ३३ लाखसम्मको सीमा तोकेको हो ।

सुगम मानिएका क्षेत्रहरूमा न्यूनतम २५ लाखको सीमा लागू हुनेछ । यसमा काठमाडौंका क्षेत्र नम्बर १, ३, ६, ७ र ८ पर्छन् । त्यस्तै, २७ लाख सीमाका १७ क्षेत्रमा काठमाडौंका २, ४, ५, ९ र १० नम्बर क्षेत्रका साथै पर्साका १, २, ३स ललितपुरका १, २, ३स भक्तपुर २ र कास्की २ समावेश छन् ।

६५ क्षेत्रमा २९ लाख, ५२ क्षेत्रमा ३१ लाख र सबैभन्दा दुर्गम २६ क्षेत्रमा ३३ लाख खर्च गर्न पाइने व्यवस्था छ । ३३ लाख सीमा लागू हुने क्षेत्रहरूमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रेका १ र २, मकवानपुरका १ र २, गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, बर्दियाका १ र २, सल्यान १ तथा हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका क्षेत्रहरू छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको झापा क्षेत्र नं। ५ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरा क्षेत्र नं। १ मा ३१ लाखको सीमा तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार