स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएसँगै उनी स्वतन्त्र रहेनन् । स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौंको मेयर भएका बालेन अब रास्वपा नेता बनेका हुन् ।

रास्वपा उपसभापति स्वार्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् बालेन रास्वपा नेता बनेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बालेन्द्र साहः अब रास्वपा नेता ।

लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार