प्रभू बैंकका सीईओसहितका कर्मचारी सरकारी वकिलको निगाहामा रिहा

काठमाण्डौ । प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) झण्डै एक महिनापछिको हिरासतमा बसाईंपछि शुक्रबार रिहा भएका छन् ।

सीईओ शेरचनसहित बैंकका उच्च अधिकारीहरुलाई उच्च सरकारी वकिलको कार्यालयले केहीबेरअघि हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।

शेरचनसहित बैंकका डेपुटी सीईओ मणिराम पोखरेल र अन्य केही उच्च अधिकारीलाई मंसिर १४ गते काठमाण्डौको बबरमहलस्थित बैंकको मुख्य कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

बैंकिंग कसूर र किर्ते तथा ठगी लगायतका आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले शेरचन लगायतलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार