काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको वार्तामा सहभागी भएर विघटित प्रतिनिधिसभामा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह बाहिर निस्किएका छन् । बिहीबार बैठकबाट बाहिरिँदै गर्दा उनले भने, “रवि–बालेन मिल्नुहुन्छ ।”
उनले वार्ता सकारात्मक भएको र अझै छलफलको आवश्यकता भएको बताए । सिंहले भने, “रवि–बालेनबीच अझै दुई/चारपटक वार्ताको निम्ति आवश्यकता छ ।”