रवि र बालेनबीच ५ घण्टा छलफल ! मिलेरै अघि बढ्ने सहमति

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच मिलेरै अघि बढ्नेबारेमा छलफल भएको छ ।

गएराति अबेरसम्म पूर्वसांसद असिम शाहको निवासमा करिब साढे ५ घण्टा दुई जनाबीच कुराकानी भएको थियो । राति अबेरसम्मै दुवै जनाबीच कुराकानी भएको थियो ।

अशिम शाहले भेटपछि राति पत्रकारहरुसँग कुरा गर्दै मिलेर अघि बढ्ने बारेमा छलफल भएको बताए ।

“सौहार्दपूर्ण वातावरणमा भएको छ । देशलाई प्राथमिकतामा राखेर मिलेर जानुपर्छ भन्ने नै हो । प्रधानमन्त्रीको प्रस्तावमा कुरा भएको होइन,” उनले भने, “दाजुभाइ एकठाउँमा बसेर कुरा भएको हो । यो तहमा कहिल्यै बस्न पाएका थिएनन् । अब मिलेरै अघि बढ्ने भन्ने कुरा हो ।”

प्रतिक्रिया
सम्बन्धित समाचार