ज्ञानेन्द्र शाही प्रतिनिधिसभा चुनावका लागि ललितपुर– १ बाट सिफारिस

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) प्रतिनिधिसभा चुनावका लागि ललितपुर क्षेत्र नं. १ बाट सिफारिस भएका छन् ।

राप्रपा क्षत्रीय कार्यसमितिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावका लागि शाहीसहित परशुराम सिलवाल र रबिन घिमिरे गरी तीन जनाको नाम सिफारिस गरेको हो । शाही यसअघिको निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए ।

त्यस्तै, सोही निर्वाचन क्षेत्रबाट समानुपातिकका लागि विक्रम लामा, कौशल्या थापा र किशोर देशारको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा चुनाव आगामी २१ फागुनमा हुँदै छ ।

ललितपुर– १ बाट अघिल्लो चुनावमा नेपाली कांग्रेसका उदयशम्शेर राणा विजयी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार